• २०८२ असार ५ गते बिहिवार

कलाकार तथा समाजसेवी उमा राई, कृष्ण महत र अर्जुन तिवारीले गरे ३ लाख बराबर राहत सहयोग

पढ्न लाग्ने समय : ३ मिनेट

गत चैत १७ राति आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका घर-परिवारलाई बिदेशी भूमिलाई कर्मभुमि बनाएका नेपालीहरुले रहात रकम सहयोग कलाकार तथा बिदेशमा बेचियाका चेलिबेटी उद्धारकर्ताहरूले बितरन गरेका छन ।

ललितपुर ईमाडोल घर भई हङकङ्मा बस्दै आएका समाजसेवी ब्यक्यित्व उमा राई (सारी पसल) को नेतृत्व र पहलमा त्यहाँ रहेका नेपालीहरुको सहयोगमा १ लाख ४६ हजार ५ सय ४५ रकम सहयोग गरेका छन् । यस्तै दोलखा घर भई हाल अमेरिका बोस्टनमा कर्मथलो बनाएका समाजसेवी कृष्ण महतको नेतृत्व तथा सक्रिय पहलमा १ लाख ११ हजार ८ सय २६ त्यसै गरी बेल्जियम बस्दै आएका अर्जुन तिवारी दाम्पतीको तर्फबाट ३५ हजार गरी २ लाख ९३ हजार बराबरको रहात सहयोग गरेका छन् । सामाजिक अभियन्ताको ब्यानर बनाई दैविक प्रकोप आँधीहुरी बिपतमा परेका तराईका दुई जिल्ला बारा र पर्सामा विदेशमा बेचियका चेलिहरुको उद्धारकर्ता, समाजसेवी तथा कलाकारहरुसहित पुर्व पर्यटन राज्यमन्त्रि तथा हाल २न.प्रदेश सभा सदस्य ज्वाला कुमारी शाहाको उपस्थितिमा सवा झंडै साढ़े ३ लाख बराबरको राहात वितरण गरिएको गायक नवीन खड़काले बताउनु भयो ।

बिदेशमा बेचियाका चेलिहरूको सक्रिय उद्धारकर्ता सामाजिक अभियान्ता तथा कलाकार नविन खड्का, विदेशमा बेचिएका चेलिबेटि उद्दारकर्ता धावा ठोकर, कृति गोले, कलाकार तथा मोडल सामाजिक अभियन्ता बेलयात नागरीक फिलिप्स बचाउ अभियानका अभियान्त दिपक डोटेल र समजसेवी दिर्घमान तामाङले उक्त रकम बराबरको सामाग्री बाराको देउताल गाउँपालिका, रङपुरुवा, हर्दिया, पर्सारामपुर, फुलबारी र प्रहरी चौकिलाई गरी जम्मा १०५९ घरधुरीलाई झुल तथा म्याट वितरण गरिएको सामाजिक अभियन्ता धावा ठोकरले जानकारी दिए । विपद्मा परेका तराईबासीको दुख पिडालाई हङ्कङ्, अमेरिका, बेल्जियम र कुवेत लगायत प्रवासी भूमिबाट टुलुटुलु बसेर हेर्न नसकिएको समाजसेवी कृष्ण महतले बताए ।

उनले भने- ‘त्यो दर्दनाक देशको अवस्था हेरेर हामी प्रदेशी भुमिमा त्यतिकै टुलुटुलु हेरेर बस्न सकेनौ र रहात रकम जुटाउन लागिपरेका थियौ, केहि रकम जुटाएर पठाएका छौ । यस्तै हङकङ बसदै आऊनु भयकी समाजसेवी उमा राई (सारी पसल) ले नेपाल र नेपालीलाई दुख्दा- आफूहरुलाई त्यो भन्दा बढि दुख्ने बताउछिन । नेपालीको दुःखमा मलम लगाउने आफुहरुको पनि दायित्व भएको हामिलाई बताउनु भयको छ ।

यस्तै देशको तराईमा परेको यो बिपतमा धेरैको ज़्यान जानू जनधनको क्षति प्रति हामी निक्कै मर्माहत भयका छौ र त हाम्रो दम्पति यो सानो सहयोग गरी नेपाल पठाई सकेको छौ बेल्जियम बस्दै आऊनु भयका अर्जुनबाबू तिवारी भन्नु हुन्छ -मृत्यु हुनु हुने प्रति हार्दिक श्रदासुमन मृतक आफन्तका परिवारप्रति गहिरो समवेदना सहित घाइते हरू प्रति सीघ्र स्वास्थ्य लाभको कामना प्रकट गरेकाछन।

यस्तै उक्त राहत अभियानमा राहत वितरण ग़र्दै माननिय पुर्वपर्यटन राज्यमन्त्रि तथा सांसद ज्वाला कुमारी शाहाले बिदेशी भुमिमा रहेर जन्मभुमिलाई परेको यो विपद्मा सहयोग गर्न सबैलाई अपिल गरेकी छन् । राहात वितरण कार्यक्रम २०, २१ र २२ गतेसम्म सन्चालन गरिएको समाजसेवी दिपक डोटेलले जानकारी दिए ।

विभिन्न देश तथा बिदेशबाट गरि जम्मा तिन लाख एक्काइस हजार छ सय सात (३,२१,६०७) रुपैया उठेको समाजसेवी तथा गाएक नविन खड्काले जानकारी दिए ।जसमा दुइ लाख सन्तानब्बे हजार पाच सय चालिस रुपैया (२,९७,५४०) राहत वितरणमा खर्च भएको र बाँकी बचत रहेको २४,०६७ रक़म आफुहरुसंग सुरक्षित रहेको खड्काले जानकारी दिए ।

वचत रहेको बाँकी रक़म कहाँ के गर्ने भन्ने बारे हङकङ्मा रहेकी उमा राई, अमेरिका बस्ने कृष्ण महत, बेल्जियम बस्ने अर्जुन तिवारी र लगायत सम्पूर्ण सहयोगीहरुसंग छलफल गरेर निर्णय ग़र्ने बिदेशमा बेचियाका चेलिबेटी उद्धारकर्ता राहत वितरण अभियान सदस्य कृति गोलेले बताइन।

प्रतिक्रिया दिनुहोस