• २०८३ असोज ५ गते सोमवार

विप्लव नेकपाबाट विद्रोह गरेका नेताहरु नेकपामा समाहित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकाललगायत विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्प कमल दाहाल प्रचण्डले ढकालसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

समाहित हुनेक्रममा ६ बुँदे सहमति गरिएको छ । जसमा पार्टीलाई सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा संघियतालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको संगठनात्मक पद्दतिअनुरुप संचालन गर्ने, समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने शक्ति निर्माण गर्ने लगायतका सहमति गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस