• २०८३ असोज ११ गते आइतवार

पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, धनुषा। धनुषाको मिथिला नगरपालिका–११, आँपगाछीमा पहिरो खस्दा घर पुरिएर एक महिलाको मृत्यु भएको छ । बिहान करिब ९ः१० बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको हो ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले घरभित्र रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरेको जनाएको छ । सोही क्रममा बिहान ११ः०० बजे राजन श्रेष्ठकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा उद्धार गरिएको थियो ।

मृतक कमला श्रेष्ठको शव परीक्षणका लागि सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस