• २०८३ कार्तिक २२ गते शनिवार

कालीगण्डकीले पोखरेबगरको पुल बगायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौँ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।

यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ । बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस