असोज ११, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जबरालाई महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको हो। उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ।

यद्यपि, उजुरीमा लगाइएको आरोप तथा त्यसको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।
महाअभियोग प्रस्ताव पारित हुन नसके पनि जबरा त्यसपछि सर्वोच्च अदालतमा फर्किन पाएनन्। पछिल्लो पक्राउको कारण र उनीमाथि लागेको आरोपबारे प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी छ।