चैत्र १६, रामेछाप । नेवार र मगर समुदायको बसोबास रहेको रामेछाप नगरपालिका–७ रजयछाप । शनिबार एकाएक खण्डहर बनेको एक बस्ती । बस्तीका गाउँलेले दुःख सुख गरेर जीवन चलाउँदै आएका थिए । तर ती गाउँले माथि शनिबार बज्रपात पर्यो । हेर्दा हेर्दै सिङ्गो बस्ती नै खरानी भयो ।

सोमबार जस्तापाता, खाद्यान्न र ओढ्ने ओछ्याउनेले भरिएको ट्याक्टर सहित एमालेको टोली गाउँमा पुग्दा पीडाले फुङग उडेको पीडितको अनुहारमा केही खुसी देखिएको थियो । उहाँहरूमा केही आशा पलाएको थियो । नेकपा एमाले रामेछापको तर्फबाट बागमती प्रदेश कमिटी सदस्य एवं रामेछापका युवा समाजसेवी रत्नप्रसाद गौतमको सहयोगमा बस्तीमा छ९ ६०लाख भन्दा धेरैको राहत सामाग्री पुर्याईयो। पीडितको अनुहारमा खुशीयाली छायो।

गौतम आफै पीडितलाई खुशी दिन जलेर खण्डहर बनेको रजयछापमा पुगेका थिएनन् । सहयोग गर्न सबैभन्दा अगाडि देखिने तर प्रचारमा सबैभन्दा पछाडि बस्न रुचाउँने स्वभावका गौतमले नेकपा एमाले रामेछापमार्फत सहयोगका सामाग्री बस्तिमा पठाइएका थिए।
गौतमले उपलब्ध गराएका ३३ बोरा चामल, सय केजी चिउरा, ६ बोरा दाल, ३३ लिटर खाने तेल, एक बोरा चिनी, दुई बोरा स्वायविन, २२ केजी नुन, चियापत्ति, लुगा धुने साबुन, नुहाउने साबुन लगायतका राहत सामाग्री पीडित परिवारलाई दामासहीले उपलब्ध गराइएको नेकपा एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेले बताएका छन् ।
मुलुक कोरोना कहरमा चुर्लुम्म डुबेको थियो। राज्यका संयन्त्रले नियन्त्रण गर्ने अबस्थामा नेपाल थिएन ।अक्सिजन ,भ्यान्टिलेटर, बेड लगाएत स्वास्थ्य सामाग्रीको पुर्ण अभावमा देश गुज्रिएको थियो। राज्यका ठुला ठुला हस्पिटलमा समेत यी सामाग्रीको अभाव थियो। भौगोलिकरुपले रामेछाप विकट पहाडी जिल्ला हो। राज्यले चाहेर समेत रामेछापलाई कोरोना कहरको लागि आवश्यक ध्यान दिन सक्ने अवस्था थिएन ।
यस्तो बेला रत्न गौतमले करिव साठ्ठी लाख भन्दा बढीको अक्सिजन सिलिन्डर (अक्सिजन सहित) ,भ्यान्टीलेटर,बेड लगाएत समाग्री समयमै जिल्ला व्यापी व्यक्तिगत र सँस्थागत तबरले सहयोग गरे। गौतमले रामेछापका जो कोहि जुन पार्टीका भए पनि उत्पादनसँग जोडीएर सहयोग लिन आउनेलाई निराश बनाउने काम गरेनन् ।
लिखुतामाकोसी गाउँपालिका ६ खिम्ती आत्मारामा तिहारमा भएको आगलागीबाट पीडित एकल महिलालाई समेत गौतमले ५० हजार सहयोग गरेका थिए। एमाले रामेछापका सचिव पुरुषोत्तम कडरिया पार्टीले पीडितलाई गरेको सहयोग बारेमा भन्छन् “राहत सहयोग राजनीति गर्न नभई पार्टी र पार्टी नेता रत्न गौतमले नितान्त मानवीय सहयोग गर्नु भएको हो ।” कडरियाले निरन्तर सहयोग जुटाउन एमाले लाग्ने समेत बताउनुभयो ।