भदौ ११, काठमाडौं । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, फाइनान्स, होटल्स, लगानी, उत्पादन, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने घोराही सिमेन्टको शेयर ८.१९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर हेवाखोला हाइड्रोको शेयर ९.४५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने एसबिआई बैंकको १६ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।