• २०८३ असार ७ गते आइतवार

बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औं प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् ।

शपथ अघि ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गरिएको थियो । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशिला कार्कीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस