• २०८३ बैशाख १७ गते बिहिवार

रवि र बालेन शनिबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान ६ बजेदेखि साँझ साढे ६ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित हुने भएका छन् ।

अहिलेसम्म काठमाडौँ बाहिर केन्द्रित भएको रास्वपा नेतृत्वले शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अभिवादन र जनसम्पर्क कार्यक्रम गर्न लागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस