असार १२, काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका–७ बखरी पुल क्षेत्रमा प्रहरीले करिब ९० किलोग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न मोटरसाइकल चालक भने फरार रहेका छन्।

प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकललाई शंकाको आधारमा जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए। मोटरसाइकलमा रहेका दुई वटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा करिब ९० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ। फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।