असार १२, काठमाडौं । जारी विश्वकपको समुह एफ बाट तीन देश नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्याण्डसले अन्तिम खेलमा ट्युनिसियालाई ३-१ गोलले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ ।

त्यस्तै जापान र स्विडेन १-१ गोलको बराबरी खेलेपछि जापान ३ खेलमा ५ अंकसहित दोस्रो हुदै नकआउट चरण प्रवेश गरेको छ भने स्विडेन ३ खेलमा ४ अंकसहित तेस्रो हुदै नकआउटमा पुगेको हो । यस समुहमा ट्युनिशिया बाहिरिएको छ ।
अब नकआउट चरणमा नेदरल्याण्डसको मोरक्कोसँग प्रतिष्पर्धा हुने छ भने जापानले ब्राजिलको सामना गर्ने छ । त्यस्तै स्विडेनले भने नकआउटमा स्वीजरल्याण्डको सामना गर्नसक्ने सम्भावना रहेको छ ।