• २०८३ जेष्ठ २७ गते बुधवार

स्नो रिभर्सको आइपिओ बाँडफाँड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आइपिओ आज बाँडफाँड गरेको हो । कम्पनीको आइपिओमा २६ लाख १ हजार ८४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८५५ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी ४३ हजार ९९३ लगानीकर्ताको आवेदन रद्द भएको छ ।

कम्पनीको आइपिओमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो ।

आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा सानिमा क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस