• २०८३ जेष्ठ १७ गते आइतवार

बालेन शाह रास्वपाको संसदीय दलको नेता चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको छ । विहिबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । योसंगै अब बालेन शाह देशको नयाँ प्रधानमन्त्री बन्ने औपचारिकरुपमा निश्चित भएको छ ।

यस अघि रास्वपाको केन्द्रीय समिति बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो । सभापति रवि लामिछानेको प्रस्तावमा सो प्रस्ताव सर्वसम्मत पारित भएको थियो । अब बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस