• २०८३ जेष्ठ १८ गते सोमवार

भारतले जिम्बाबेलाई दियो विशाल २५७ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
फागुन १४, काठमाडौं । भारतले जिम्बाबेलाई विशाल २५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा भारतले जिम्बाबेलाई २५७ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २५६ रन बनाएका छ । भारतका लागि अभिषेक शर्माले सर्बाधिक ५५, हार्दिक पाण्डेयले अविजित ५०, तिलक बर्माले अविजित ४४, इशान किशनले ३८, कप्तान सुर्यकुमार यादवले ३३ र संजु सामसनले २४ रन बनाएका थिए ।

त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी, टिनोटेन्डा मापोसा र सिकन्दर राजाले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस