• २०८३ जेष्ठ १८ गते सोमवार

जनजागृतिमाथि पुलिस क्लबको फराकिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । जारी एन्फा राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिस क्लब राष्ट्रिय लिगले नव जनजागृति युवा क्लबलाई पराजित गरेको छ  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले नव जनजागृति युवा क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको हो । धीरेन्द्रबहादुर शाही र सञ्जीव लामाले २-२ गोल गरे भने दशरथ गिरी, भरत शाह र विजय उरावले एक एक गोल गरेका थिए ।

जितसँगै चार स्थानमाथि उक्लिएको पुलिस क्लबले ७ खेलबाट ७ अंक पुर्‍याएको छ । पुलिसको लिगमा दोस्रो जित हो । त्यस्तै जनजागृति भने अंकविहीन रहँदै पुछारमा यथावत रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस