• २०८३ जेष्ठ ८ गते शुक्रवार

सडक देखि मानव आश्रम सम्म गिरी दम्पति

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

माघ १२,  मुगु ।  कालो कोट , कालो पेन्ट , खुट्टामा कालै चप्पल हातमा पानी खाने बोतल , झ्याप्प परेर फुलेका कपाल दाह्री । अनि पिठ्युमा समान संकलन गरेर सधै उध्रिएको कालो झोला भिरेर सदरमुकाम गमगढी बजारमा घुमिरहेने नेपाली दम्पतिको दैनिकी नै हो । गमगढी बजारमा फिरन्ते जीवन जस्तै बिताईरहेका ४७ वर्षिय गिरी नेपाली र उनकी श्रीमती अन्दाजि ४५ वर्षिया भदुरी नेपाली लाई गमगढी बजारमा नदेख्ने सायद बिरलै भेटिन्थे ।

मुगुमा लाल जोडिको उपनाम पाएका नेपाली दम्पति अहिले पनि लाल जोडि भनेरै परिचित छन् । गमगढी बजारमा राउटे समुदाय जस्तै फिरन्ते जीवन बिताईरहेका छायानाथ रारा नगरपालिका वडा नं ५ का बासिन्दा हुन । उनी सदरमुकाम गमगढी बजारको माथिल्लो बजार , बाग बजार नामक स्थानमा फुटेको टिनको टहरामै जीनव बिताईरहेका थिए । हिउदमा हिउँ र वर्षोमा पानीको वर्षालाई छिचोल्दै उनीहरुले संर्घषको जीवन बिताएका सम्झनाहरु उनीहरु लाई ताजै छ । गमगढी बजारमा मागेरै खाएर जीवन गुजारा गरेका नेपाली परिवारको वर्षौ बित्यो । मुगुमा बेसहारा जीवन बिताएका उनीहरुलाई आज एक सुरक्षित स्थानमा राखिएर उद्धार गरिएको छ । खुला आकाशमुनि रात बिताउन विवश भएका उनी बिगत लगभग ६ बर्ष देखि मुगु जिल्ला स्थीत गमगढी बजारको सडक किनारा त कहिले बिभिन्न ठाउमा हिन्दै कस्टकर जीवन बिताईरहेका थिए ।

उनीहरुको दर्दानक अवस्था लाई मध्येनजर गर्दे पत्रकार खड्क सुनार र रतन रावलले आफ्नो मिडिया , सामाजिक सञ्जाल माफर्त बारम्वार उनीहरुको सुरक्षित आवासको लागि पहल कदमी र पैरवी गर्दे आएका थिए । त्यहि समस्या लाई मध्येनजर गर्दे मुगुका एकमात्र समाजसेवी तथा मुगुम कार्मारोङ्ग गाृँपालिकाका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक बलि बहादुर बुढाको पहल , सहयोग र जिल्ला प्रशासन कार्यालय , छायानाथ रारा नगरपालिका स्वास्थ्य सेवा कार्यालय मुगुको समन्वयमा आज गिरी नेपालीको दम्पति एक सुरक्षित स्थान कर्णाली प्रदेशकै एक मात्र मानव सेवा आश्रम सुर्खेतमा पुर्याइएको छ । सडकमै जीवन बिताईरहेका उनीहरु अहिले मानव सेवा आश्रममा पुगेका छन् । सदरमुकाम गमगढी बजार बाट माघ १० उद्धार गरेर आज माघ १२ गते सुर्खेत स्थीत मानव सेवा आश्रममा सबै प्रकृया पुर्याई भर्ना गरिएको यस क्षेत्रमा खटिएका समाजसेवी तथा स्वास्थ्यकर्मी बलिबहादुर बुढाले बताए ।

उनका अनुसार श्रीमान गिरी नेपाली शारिरिक र मानसिक दुवै रुपमा अस्वस्थ छन । श्रीमती भदुरी नेपाली शारिरिक रुपमा अस्वस्थ र निकै कमजोर छन । लामो समय देखि प्रयासले आज सडक देखि आश्रम सम्म पुग्दा खुसि लागेको बताए । उनीहरुको शारिरीक तथा मानसिक अवस्था साथै अन्य रोगको उपचार तथा पारिवारिक वातावरणमा अव संरक्षकको भुमिका आश्रमले निभाउने मानव सेवा आश्रमका जिल्ला संयोजक सुजन गौतमले बताए । आश्रमले हाल ८७ जना लाई सेवा दिईरहेको र यसका लागि सबै तह तप्का बाट सहयोग हुनु पर्ने प्रदेश संयोजक संजिता गौतमले बताईन ।

Sharing

प्रतिक्रिया दिनुहोस