पौष ५, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी कलष्टरतर्फको मतपरिणाम सार्वजनिक भएको छ । पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्ष र एकजना शेखर कोइराला पक्षका विजयी भएका छन ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी कलष्टरतर्फ विनोद चौधरी २२०६, अजय चौरसिया २५२२, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादव १९५९ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
चन्द्रमोहन पूर्वराष्ट्रपति रामबरण यादवका छोरा हुन्। उनि शेखर कोइराला पक्षका हुन ।