• २०८३ असोज ५ गते सोमवार

पिनको बृहत राष्ट्रिय भेला भोली हुने : प्रधानमन्त्री ओलीले विशेष सम्बोधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौँ। यही माघ १९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनबर्गीय संगठन प्रोग्रसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) केन्द्रीय समितिले राष्ट्रिय भेला भोली (सोमवार) हुने भएको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा हुने बहृत ईन्जिनियर भेलाको आयोजना गरको छ । यस कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । सभा गृहमा भोली दिउसो ३ बजेबाट शुरु हुने कार्यक्रमको लागि व्यापक रुपमा तयारी भैरहेको यस कार्यक्रमका प्रचार प्रसार संयोजक ई। खिमानन्द कँडेलले जानकारी दिनुभएको छ ।

प्राग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपालले नेपालका सातवटै प्रदेशमा प्रदेश समिति र देशका अधिकांश जिल्लाहरुमा जिल्ला समिति समेत बिस्तार गरिसकेको छ । यस बाहेक विश्वविद्यालय, विभिन्न सरकारी संस्थानहरु र अन्य विभिन्न क्षेत्रमा समेत संगठन विस्तार गरिसकिएको छ ।

साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भैसकेपछि बनेको नेकपाको पहिलो जनवर्गीय संगठनको रुपमा रहेको प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले आम ईन्जिनियरिङ क्षेत्रका नेता, कार्यकर्ता एवं समर्थकलाई भोली माघ १९ गते हुने कार्यक्रममा व्यापक उपस्थितिको लागि आमन्त्रण समेत गरेको छ । प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले यही माघ २३ गते काठमाडौँमा हुने विशाल जनप्रदर्शनमा समेत सहभागी हुन सबैमा अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस