• २०८३ असोज १० गते शनिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १९६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४, सिसिटिभिमार्फत ९, रातोबत्तीमा ९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, लेन क्रसमा ६, एकतर्फीमा ३ र अन्यमा १७६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस