• २०८३ असोज ९ गते शुक्रवार

अविरल वर्षाले कृष्णभीरमा पहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं । बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि आवागमन ठप्प भएको हो।

यसअघि गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि सोही स्थानमा भीषण पहिरो गएको थियो। उक्त पहिरो पन्छाएर माथिबाट २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरेपछि असोज १ गतेदेखि मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस