• २०८३ कार्तिक ४ गते मङ्गलवार

सामाजिक सुरक्षा विधेयक स्वीकृत

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ स्वीकृत गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा विधेयक सर्वसम्मतिले स्वीकृत गर्दै छलफलका लागि समितिमा पठाएको हो ।

अब विधेयकमाथि समितिमादफाबार छलफल हुनेछ । समितिले आवश्यक परिमार्जनसहित पारित गरेपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा आउने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस