• २०८३ असार ११ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, बर्दिया । १६ वर्षीया बालिककालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-३ सेन्द्रा बस्ने ५५ वर्षीय बाधुराम थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

बाधुरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस