• २०८३ बैशाख १७ गते बिहिवार

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, रामेछाप । । दोलखाको विगु गाउँपालिकामा आज(मंगलबार) बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा विगु गाउँपालिका–६ आलम्पुका करिब ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ ।

सोही ट्याक्टरमा सवार आलम्पुका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पलबहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सिंगटीतर्फ पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।

प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्याक्टर बिहान करिब ११ बजे आलम्पुस्थित ढुंगाखानीतर्फ जाँदै गर्दा कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सो समयमा चार जना सवार थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस