• २०८३ असार १६ गते मङ्गलवार

प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्नुहुन्छ- प्रवक्ता पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नगर्ने विषय बाहिर आएको भन्दै गरेको प्रश्नको जवाफ दिदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका हुन् । उनले भने- ‘आवश्यकताअनुसार प्रधानमन्त्रीज्यू सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ ।’

आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन विशेष समारोहमा प्रधानमन्त्री शाहले आफ्नो सट्टा राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष सम्बोधन गरिदिनका लागि अनुरोध पत्र पठाएको विषय बाहिर आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस