• २०८३ जेष्ठ १५ गते शुक्रवार

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भ्याटमा १० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । हाल मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर लाग्दै आएको छ ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस