• २०८३ बैशाख १३ गते आइतवार

मौसम प्रणाली पूर्वतिर सर्दै, सतर्क रहन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १२, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ। विभागका अनुसार हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

यो मौसम प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस