चैत ११, काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। यद्यपि, प्रतिवेदन राज्यका तर्फबाट औपचारिक रूपमा सार्वजनिक नगरी सञ्चारमाध्यममार्फत बाहिरिएको हो ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले सरकारलाई बुझाएको उक्त प्रतिवेदन सार्वजनिक गर्न तथा त्यसका आधारमा कारबाही अघि बढाउन लामो समयदेखि माग हुँदै आएको थियो।
तर सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरेकै अवस्थामा अनौपचारिक माध्यमबाट बाहिरिएपछि पारदर्शिता र जवाफदेहिताको विषय पुनः चर्चामा आएको छ।
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ