भदौ २, बाँके । कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरस सम्वन्धी जनतालाई सचेतना फैलाउने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सिकाउने उद्देयले विभिन्न संघ सस्थाहरुको सहकार्यमा कोहलपुरमा कार्यक्रम गरिएको हो ।
रेरी बाँके, जेसीज कोहलपुर/जुनियर, मेचीमहाकाली बुहारी संयुक्त आवाजको आयोजन तथा करितास जर्मन र कारितास नेपालको आर्थिक सहयोग एवं कोहलपुर नगरपालिका, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको समन्वयमा मंगलवार कोहलपुरमा कार्यक्रम गरिएको थियो ।
‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिवद्धता, मास्क लगानु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सचेलक मुलक कार्यक्रम गरिएको हो । अभियानका क्रममा ‘तपाईको मास्क खोई ?’, ‘कोरोनाबाट सुरक्षित रहन बारम्वार सावुन पानी वा सेनिटाईजरको प्रयोग गरौ’ भन्ने विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर ¥याली समेत निकालिएको रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार अभियानका क्रममा मास्क नलगाई हिड्ने पदयात्रीहरु, सवारी चालक, यात्रुहरूलाई मास्क बितरण गरिएको थियो साथै ७५० थान मास्क इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको थियो ।
