• २०८३ जेष्ठ २६ गते मङ्गलवार

सुन एकैदिन तोलाको १४ हजार ६ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको १४ हजार ६ सयले बढेर तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४१५ रुपैयाँले बढेर ४९२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस