• २०८३ बैशाख १६ गते बुधवार

नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैत १२ गते (मार्च २६) मा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मैत्रीपूर्ण खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फाले नेपाली समर्थकलाई रंगशालामा उपस्थित भई राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्न आह्वान समेत गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस