असोज ८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार दुर्घटनाबाट मृत्यु हुनेमा कोशी प्रदेशका ३, बागमती प्रदेशका १, काठमाडौं उपत्यकाका १, मधेश प्रदेशका १ र सुदूरपश्चिम प्रदेशका १ जना रहेका छन्।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३ जनाको मृत्यु र ३५ जना घाइते, मधेश प्रदेशमा १ जनाको मृत्यु र २२ जना घाइते तथा सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र १० जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा १ जनाको मृत्यु र १० जना घाइते, बागमती प्रदेशमा १ जनाको मृत्यु र ९ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा २३, कर्णालीमा १३ र गण्डकी प्रदेशमा १० जना घाइते भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार मृत्यु भएका दुर्घटनाहरू सुनसरी, झापा, मोरङ, रौतहट, भक्तपुर, सिन्धुली र कञ्चनपुर जिल्लामा भएका हुन्।

दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको छ।
