• २०८३ कार्तिक २४ गते सोमवार

चितवनमा आजबाट ई-पासपोर्ट वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, चितवन। चितवनमा आजबाट ई(पासपोर्ट(विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ई-पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् ।

उनले आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई-पासपोर्ट दिने छन् । अनलाइनबाट भरिने ई-पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ । मोबाइलबाट पनि फारम भर्न मिल्छ । नागरिकता र फोटो ४ सय केबीसम्मको अपलोड हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस