• २०८३ भाद्र ८ गते सोमवार

सनराईज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट इकाईधनीलाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश वितरणका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । बुक क्लोजको मितिसम्म कायम रहेका इकाईधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको असार मसान्तसम्मको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ४५ पैसा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस