• २०८३ भाद्र ८ गते सोमवार

विराटनगर मालपोत अगाडि नवजात शिशु फेला, उपचार हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८,विराटनगर । मोरङको विराटनगर महानगरपालिका ७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको मोरङ प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

आज करिब २-३ दिनको नवजात शिशु छोरा फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याएको हो । हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नवजात शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस