• २०८३ बैशाख २५ गते शुक्रवार

साफ च्याम्पियनसिपमा आशिषको डेब्यू गोलसंगै, १५ वर्षपछि पाकिस्तानमाथि नेपालको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले १५ वर्षपछि पाकिस्तानविरुद्ध पहिलो जित निकालेको छ । आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानमाथि १ — ० गोलको जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको हो ।

भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो। साफमा नेपालले पछिल्लो पटक सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो। नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो।

एक खेल अगावै नेपाल र पाकिस्तान समूह चरणबाट बाहिरिसकेका टोली हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस