• २०८३ असार १० गते बुधवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र लुम्बिनी प्रदेशमा २-२ जना तथा मधेश प्रदेशमा एकजनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँमा २५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २८ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १ जना, बागमतीमा १४ जना र सुदूरपश्चिममा ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस