• २०८३ बैशाख ११ गते शुक्रवार

जबरजस्ती करणीको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ११, झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस