• २०८३ साउन २५ गते सोमवार

जनकपुरधाम-६ का वडा अध्यक्ष शाहको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधन भएको छ । वडा अध्यक्ष साहको सोमबार बिहान असामयिक निधन भएको उपमहानगरले जानकारी दिएको छ ।

शाहको निधनप्रति दुख व्यक्त गर्दै आज जनकपुरधाम उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सवै वडा कार्यालयहरु (अत्यावश्यक सेवा: स्वास्थ्य, दमकल, सरसफाई आदि सेवाहरु बाहेक) का सेवाहरु वन्द रहने जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस