• २०८३ कार्तिक १९ गते बुधवार

एनपीएलको एघारौं अर्धशतक हसनको नाममा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को एघारौं अर्धशतक जनकपुर बोल्टसका शैफ हसनको नाममा दर्ज भएको छ। हसनले आज विराटनगर किङ्सकाविरूद्ध ३ छक्का र १ चौकाको मद्दतमा ३८ बलमा अर्धशतक पूरा गरे।

जारी प्रतियोगितामा हालसम्म ११ अर्धशतक प्रहार भएका छन्। जसमा विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका छन्।

विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस