• २०८३ मङ्सिर २ गते मङ्गलवार

सुनको मुल्य तोलामा १६ सयले घट्यो, चाँदीमा वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १६ सयले घटेर तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले बढेर ४५०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस