• २०८३ जेष्ठ ७ गते बिहिवार

जेनजी आन्दोलन : मृतकको संख्या ५१ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्म गरी ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमध्ये तीन प्रहरी र एक भारतीय महिला पनि परेका छन् ।

आन्दोलनको पहिलो दिनमै २१ जनाले ज्यान गुमाएका थिए । तीमध्ये कैदीबन्दी ९ जना मारिएका थिए भने बाल सुधार गृहका ५ जना, तीन प्रहरी र बाँकी जलेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।

मृतकको संख्या क्रमशः बढ्दै जाँदा राजधानीसहित विभिन्न जिल्लामा त्रास फैलिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस