• २०८३ जेष्ठ ३० गते शनिवार

सोलुखुम्बुमा हिमपात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, सोलुखुम्बु । सोलुखुम्बुको तल्लो क्षेत्र पत्ताले तथा नाम्चे बजारभन्दा माथिका उच्च भू-भागमा आज हिमपात भएको छ । मौसम बदलीसँगै दिउँसोदेखि सुरु भएको हिमपातले डाँडाकाँडा र बस्तीहरू सेताम्मे बनेका छन् ।

पत्ताले क्षेत्रमा हिउँ परेपछि आन्तरिक पर्यटकहरू हिउ खेल्न आकर्षित भएका छन् भने लामो प्रतीक्षापछि परेको हिमपातले हिउँदे बाली सप्रिने अपेक्षासहित कृषकहरू उत्साहित बनेका छन् । विशेषगरी आलु र जौ खेतीका लागि हिमपात लाभदायक मानिने गरिएको छ। तापक्रम घटेसँगै जनजीवनमा असर परेको छ भने क्षेत्रमा हल्का हिमपात र चिसो हावा चलिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस