• २०८३ जेष्ठ २९ गते शुक्रवार

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ , एजेन्सी । फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको छ । यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका एम्बाप्पेलाई कोरोना पुष्टि भएको हो ।

फ्रेन्च फुटबल फेरेडेसन एफले सोमबार उनीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो । एफएफएफले हाल एम्बाप्पे हाल आइसोलेसनमा रहेको बताएको छ । फ्रान्सले आज मंगलबार राति क्रोएसियासँग आफ्नो दोस्रो खेल देल्दैछ । यसअघि स्विडेनसँगको पहिलो खेलमा एम्बाप्पेले गोल गरेका थिए । आजको खेलमा एम्बाप्पे सहभागि नहुने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस