• २०८३ बैशाख २९ गते मङ्गलवार

निर्वाचन आचारसंहिता पालना गर्न मुगुका दलहरू एकजुट

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

माघ १०, मुगु । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा चुनाव सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले मुगुका क्रियाशिल राजनितिक दलहरुले निर्वाचन आचारसंहिता लगायत ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

सुरक्षा निकायलाई निर्वाचन अवधिभर शान्तिसुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै मतदातालाई पनि कुनै पनि किसिमको प्रलोभन, दबाब वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अनुरोध समेत गरेका थिए । निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरुपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरूपयोगले निर्वाचनको विश्वसनीयता माथि गम्भीर बन्न सबै दललाई कुँवरले आग्रह गरेका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान राजनीतिक दल र उम्मेदवारलाई शान्तिपूर्ण, मर्यादित र मुद्दा केन्द्रित चुनावी प्रतिस्पर्धा गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न तथा उल्लङ्घनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोधसमेत गरिएको छ ।

आज बसेको पहिलो आचारसंहिता अनुगमन समितीको बैठकले २ वटा निर्णय समेत पारित गरेको छ । निर्णयमा भनिएको छ, निर्वाचन आयोग नेपाल बाट स्वीकृत निर्वाचन आचारसंहिता २०८२ मा उल्लेख भएका प्रावधानहरु बारे निर्वाचन सरोकारवालाहरु लाई अक्षरस पालना गर्ने गराउने र निर्वाचन आरसंहिता २०८२ लाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्वाचन सरोकारवालाले आआफ्नो तर्फबाट सहयोग गर्ने निर्णय भएको निर्वाचन आचारसंहिता अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला निर्वाचन कार्यलय मुगुका कार्यालय प्रमुख कमल प्रसाद उपाध्यायले बताए ।

आज बसेको बैठकमा चुनावका बेला प्रसार प्रसार सामाजिक सञ्जाल मार्फत बढि प्रयोग हुने भएकोले त्यस्ता सञ्जालहरुमा अप्रिय शब्द , जथाभावि लेख्ने ब्यक्तिलाई नियन्त्रण कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय मुगुमा सामाजिक सञ्जाल डेस्क स्थापना गरिने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपि रविराज थपलियाले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार चुनावी समयमा मतदाता राजनितिक दल लगायत विभिति पक्षका सरोकारवाला सँग जन सम्पर्क गर्न आफ्ना राजनितिक दलहरु लाई फोकल पर्सन तोकि निर्वाचन आयोगमा जानकारी गराउन अपिल गरेका छन् । निर्वाचनमा रहेका आचारसंहिता पालना गर्न दलहरुले साझा प्रतिबद्धता समेत गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस