• २०८३ कार्तिक ७ गते शुक्रवार

बङ्गलादेशका अलराउन्डर सैफुद्दिनले पोखराबाट एनपीएल खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, काठमाडौं ।  बङ्गलादेशका बलिङ अलराउन्डर मोहम्मद सैफुद्दिन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्।एनपीएलको टोली पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि सैफुद्दिनलाई अनुबन्ध गरेको हो। सैफुद्दिनले बङ्गलादेशका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५७ विकेट लिनुका साथै ३०४ रन बनाएका छन्। यस्तै, उनले समग्र टी–२० क्रिकेटमा १५२ खेलमा १९३ विकेट लिनुका साथै ९२२ रन बनाएका छन्।

सैफुद्दिनले ५ वटा टोलीबाट बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेलेका छन् भने एनपीएल उनका लागि पहिलो विदेशी फ्रेन्चाइज लिग हो। पोखरा एभेन्जर्समा अनुबन्ध हुने सैफुद्दिन तेस्रो बङ्गलादेशी खेलाडी तथा समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्।

पोखराले यसअघि बङ्गलादेशका अलराउन्डर साकिब अल हसन र महेदी हसनलाई अनुबन्ध गरेको थियो। यस्तै, श्रीलङ्काका अलराउन्डरद्वय धनञ्जय लक्षण र चामिका करुणारत्ने पनि टोलीमा अनुबन्ध भएका छन्।

एनपीएल आउँदो सोमवार कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

Sharing

प्रतिक्रिया दिनुहोस