• २०८३ मङ्सिर १३ गते शनिवार

लाखौंको प्रेरणाकी स्रोत ‘किङकङ’ अभिनेत्री केलीको दुर्घटनामा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ७, काठमाडौं ।  हलिउडकी युवा अभिनेत्री केली होटलको १८ वर्षको उमेरमै निधन भएको छ। उनको सडक दुर्घटनामा परी मृत्यु भएको हो। केलीले सन् २०२१ को चलचित्र ‘गोडजिला’ र सन् २०२४ मा आएको यसको सिक्वेल ‘गोडजिला एक्स कङः द न्यु एम्पायर’ मा आफ्नो अभिनय कौशल प्रस्तुत गरेकी थिइन्। उनका बुबाले सामाजिक सञ्जालमा एक भावुक पोस्टमार्फत उनको निधनको दुःखद खबर पुष्टि गरेका छन्।

अमेरिकी अभिनेत्री केली होटलको अमेरिकाको मेरिल्यान्डमा भएको एक दुखद सडक दुर्घटनामा निधन भएको हो। उनका बुबा जोशुआ होटलले फेसबुक लाइभमार्फत ‘अमेरिकन साइन ल्याङ्ग्वेज’ अर्थात अमेरिकी सांकेतिक भाषाको प्रयोग गरी यो मर्माहत खबर सार्वजनिक गरेका थिए। पछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफ्नी छोरीको निधनको पुष्टि गरे।

केली होटलले हलिउडका चर्चित चलचित्रहरू ‘गोडजिला भर्सेस कङ’ र ‘गोडजिला एक्स कङः द न्यु एम्पायर’मा जियाको भूमिका निर्वाह गरेर निकै ख्याति कमाएकी थिइन्।

केली होटेलको जीवन धेरैका लागि प्रेरणाको स्रोतसमेत बनेको थियो । जन्मजात बहिरी भए तापनि उनले आफ्नो उत्कृष्ट अभिनय र अमेरिकन साइन ल्याङ्ग्वेजको प्रभावशाली प्रयोगमार्फत चलचित्र उद्योगमा आफ्नो छुट्टै पहिचान बनाइन्। उनको उपस्थितिले विश्वभर बहिरा समुदायको प्रतिनिधित्वलाई नयाँ पहिचान दिलाएको थियो।

चार पुस्तादेखि सुन्ने क्षमतामा समस्या (बहिरापन) भएको परिवारबाट आएकी केलीले चलचित्रमा आफ्नो सशक्त उपस्थिति र ‘किङ कङ’ सँगको भावनात्मक तालमेलका लागि निकै प्रशंसा बटुलिन्। उनले आफ्नो असाधारण प्रतिभा प्रमाणित गर्दै कम उमेरमै हलिउडमा विशिष्ट स्थान हासिल गरिन्।

Sharing

प्रतिक्रिया दिनुहोस