• २०८३ असार ९ गते मङ्गलवार

दोलखामा कार दुर्घटना हुँदा ६ जना घाईते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९,दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–०६ भुतपोखरी स्थित चरिकोट–कालिञ्चोक सडक-खण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब २: ३० बजेको समयमा कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको कार ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाडौं शंकरापुर नगरपालिका–०२ बस्ने ६५ वर्षीय सन्त नासुर, सोही ठेगाना भएका ५५ वर्षीया राम्री नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन् ।

सबै घाइतेहरूको च्छोरोल्पा अस्पताल, चरिकोटमा उपचार भईरहेको छ । कार चालक शंकरापुर नगरपालिका–०३ बस्ने २१ वर्षीय निरज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस