असार ९, कैलाली । कैलालीको गोदावरी नगरपालिका-२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुलको अटो दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।

मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका-०१ बस्ने ५९ वर्षीय जगत बिष्ट, शिक्षिका ३० वर्षीया तुला घर्ती तथा स्कुलका विद्यार्थीहरू गरी जम्मा १४ जना घाइते भएका हुन् ।
घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्कीमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।