जेठ ९, काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले किर्गिस्तान ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५-१८, २५-२० र २५-१३ को सोझो सेटमा किर्गिस्तानलाई पराजित गरेको हो ।

यसअघि शुक्रबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।
अब नेपालले आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ । नेपाल सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने अवस्था बनेको छ ।