पौष २३, सुनसरी । सुनसरीको दुहबीस्थित चौधरी समूहको पशुपति बिस्कुट उद्योगमा मंगलबार राति भीषण आगलागी भएको छ।

आगो लागेको कारण अहिलेसम्म खुल्न सकेको छैन। मंगलबार राति ८ बजे उक्त विस्कुट उद्योगमा आगलागी भएको हो। इलाका प्रहरी कार्यलय दुहबीका अनुसार आगो निभाउन विराटनगर र आसपासका क्षेत्रबाट दमकल बोलाइएको थियो । आगो नियन्त्रमा आएपनि क्षतिको बिवरण र आगलागीको कारण भने खुलेको छैन ।